२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


 १९ बर्षिया युवतीको शरिरभरि छुरा प्रहारपछि हत्या



युवती लोहारलाई पटक–पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए
झापा
२९ भदौ । अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति एक युवकले १९ बर्षिया युवतीको शरिरभरि छुराले प्रहार गरेर  हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको हो । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
युवती लोहारलाई पटक–पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
भाईले दाउरा प्रहार गर्दा दाजुको मृत्यु
यसैगरी, शिवसताक्षी नगरपालिका–८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
शनिबार राति र शुक्रबार राति गरी दुई जनाको हत्या भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।