३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४० सहसचिवको एकैपटक सरुवा, काठमाडौं महानगरका परियार सञ्चार मन्त्रालय पुगे (सूचीसहित)



३० भदौ । २७ भदौको मन्त्रिपरिषद्को बैठकले ४० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत सहसचिवहरू सरुवामा परेका हुन् । केही प्रमुख जिल्ला अधिकारीहरू पनि सरुवा भएका छन् ।

यातायाता व्यवस्था विभागका महानिर्देशक रहेका उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको प्रदेश सचिवका लागि सरुवा भएका छन् । सूचना तथा प्रसारण विभागका महानिर्देशक बलाराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय, राष्ट्रिय दलित आयोगका शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र पोखराका महानगरपालिकाका श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विदूर प्रसाद खनाललाई बागमती प्रदेशको प्रदेश सचिव, मधेशका प्रदेश सचिव केशवराज सुवेदीलाई बागमती प्रदेशको मुख्यमन्त्रीको परिषद्को कार्यालय र तुलसीनाथ गौतमलाई लोकसेवा आयोग जलेश्वरबाट प्रदेश सचिवको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकीका सचिव पुरुषोत्तम शर्मालाई लोकसेवा आयोग, प्रदेश प्रमुखको कार्यालय गण्डकीबाट सेवन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सरोजप्रसाद गुरागाईलाई उद्योग, वाणिज्य तथा आपूर्र्ति मन्त्रालयबाट काठमाडौं महानगरपालिका सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिकाबाट प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रलाय सरुवा भएका छन् । अनि, अर्थ मन्त्रालयबाट शम्भु प्रसाद मरासिनीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, तोयनारायण सुवेदी ऊर्जा मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ३९ बजे