ललितखबर
३ असोज । आज संविधान दिवस । संविधान सभाको दोश्रो निर्वाचनले निर्माण गरेको २०७२ साल असोज ३ गते जारी भएको थियो । आज नवौ संविधान दिवस देशभर भव्यताका साथ मनाइएको छ ।
आज विहान टुडिखेलमा नेपाली सेनाको आयोजनामा विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा राष्ट्रिपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
संविधान दिवसकै अवसरमा राजधानीको दरवारमार्गमा नागरिक स्तरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । दरवारमार्गमा राष्ट्रिय झण्डा बोकेर हजारौं युवा युवतीहरु सहभागी भए ।
आजै साँझ देशभरका विभिन्न शहरमा दिपावली गरेर संविधान निर्माणका लागि जनताको संर्घषको स्मरण गरिएको थियो ।
संविधान दिवसको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएको थियो ।
प्रतिक्रिया