६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



६ असोज । दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

उनलाई साइबर ब्युरोले आजै भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो ।

यसैगरी प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ । प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

असोज २ मा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ४१ बजे