२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गा प्रसाईको बास अव सिंहदरवार प्रहरी बृत्तमा



राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो

काठमाडौं
८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्जपछि सिंहदरवार प्रहरी बृत्तमा राखिने भएको छ । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनीको स्वास्थ्य अवस्था ठीक भएपछि डिस्चार्जको तयारी भइरहेको छ ।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।