२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारीबाट आएको रकम चलाएकोमा म जिम्मेवार हुन्छु: रवि लामिछाने(भिडियोसहित)



सहकारी छानबिन समितिको प्रतिवेदनले सहकारीबाट रकम ल्याएको नदेखिएको बताए पनि मिडियाले बङ्ग्याएर समाचार लेखेको

 

८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू दोषी नभए पनि मिडियाले जबर्जस्ती रुपमा दोषी बनाएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर उनले सहकारी छानबिन समितिको प्रतिवेदनले सहकारीबाट रकम ल्याएको नदेखिएको बताए पनि मिडियाले बङ्ग्याएर समाचार लेखेको बताएका हुन्। उनले सहकारीबाट आएको रकम आफूले चलाएको कुरामा जिम्मेवार हुने बताए।

उनले भने,‘भएको भन्दा नभएको कुरा गर्नु उचित होइन, सहकारीबाट रकम ल्याउनमा मेरो संलग्नता नभएको प्रतिवेदनले बताएको छ। तर रकम आइसकेपछि मैले चलाएको हो भनेको कुरालाई नकार्न मिल्दैन। मैले यसलाई बङ्ग्याउन मिल्दैन।’ उनले आफूलाई पक्राउ पुर्जी जारी भनेर समाचार आएपछि के भएको हो भनेर कार्यकर्ताहरु पार्टी कार्यलयमा बुझ्न आएको स्पष्टीकरण दिए।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।