२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको तपुपोखरी जीर्णोद्धारका लागि बजेट अभाव



केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ

ललितपुर
११ असोज । ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धारका लागि बजेट अभाव भएको छ ।
जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले जीर्णेद्धारका लागि ललितपुर महानगरपालिकाले पर्याप्त बजेट नदिएको गुनासो गरे । महानगरले पोखरी जीर्णोद्धारको लागि रु २४ लाख मात्रै बजेट छुट्याएको जानकारी दिए ।

तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले जीर्णोद्धारका लागि उक्त रकम पर्याप्त नभएको बताए
बजेट अभाकै बीच प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।

यो पोखरी पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित छ ।

सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएका उनले बताएका छन् ।

 

केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।