२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी, पहिरो र डुबानबाट ६६ जनाको मृत्यु, ७९ बेपत्ता



१२ असोज । मनसुनी वर्षापछि आएको विपद्‍मा परेर आज साँझ ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको पनि सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

उनका अनुसार ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन्।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।