१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवरात्रमा पनि पाथीभरा सुनसान



१८ असोज । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको घुइँचो हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ। हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन्।

बडादशैँको पहिलो दिन ६३ जना पाथीभरा पुगेका छन्। गत वर्ष सोही दिन एक हजार १४८ दर्शनार्थीले पूजार्चना गरेका थिए।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैँ र चैतेदशैँमा धेरै भक्तजन आउने गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।