२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेफेजको अध्यक्षमा फोटोपत्रकार चन्द्रशेखर कार्की निर्वाचित



उम्मेदवार प्रकाश रिमालले निर्धारित समयभन्दा ढिला उम्मेदवारी  फिता लिए पनि ३० मत प्राप्त गरेका छन्
काठमाडौँ
१८ असोज । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा फोटोपत्रकार चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरे ।
नवनिर्वाचित कार्कीले कान्तिपुर, नागरिकलगायत पत्रपत्रिकामा तस्विर सम्पादकको रुपमा लामो समयसम्म काम गरेका थिए ।
कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिए ।
यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी भएका छ भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरेका छन् ।
महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका छन् ।
दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भएका छन् । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरेका प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए । सदस्यका सदस्यका उम्मेदवार प्रकाश रिमालले निर्धारित समयभन्दा ढिला उम्मेदवारी  फिता लिए पनि ३० मत प्राप्त गरेका छन् ।
कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।