२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विचाराधिन रहेका सबै विधेयक संसदको आगामी अधिवेशनमा पेश गर्न सभामुखको निर्देशन



६ कात्तिक । सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो आफ्नै कार्यकक्षमा राजनीतिक दलका प्रमुख सतेचक र सचेकहरू तथा संसदीय समितिका सभापतिसँग छलफल गरेका छन्।

छलफलमा सभामुख घिमिरेले समितिमा विचारधिन अवस्थामा रहेका सबै विधेयकहरू संसदको आगामी अधिवेशनमा पेश गर्न समितिका सभापतिहरूलाई निर्देशन दिएका छन्।
उनले कुन समितिमा कति विधेयक छन्? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर पनि सभापतिहरुसँग सोधेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिका सभापति अब्दुल खानले जानकारी दिए।

‘कुन समितिमा के विधेयक छ? त्यो पास गर्नलाई के समस्या छ? अहिलेसम्म कति काम भएको छ र कति दिनमा पास गर्न सक्छौं भन्ने सभामुखको जिज्ञासा छ,” खानले भने, “आगामी अधिवेशनमा सबै विधेयक पेस गर्न निर्देशन दिनुभएको छ,’ खानले भने।

छलफलमा समिति सभापतिहरूले संसद अधिवेशन अन्त्य भएसँग सांसदहरू गृहजिल्लामा रहेकाले कोरम समेत नपुगेकाले बैठक बस्न नसकेको बताएका थिए।

यस्तै, उनीहरू बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको गुनासो पनि सभामुख समक्ष राखेका थिए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।