२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, एक बेपत्ता


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७ मंसिर ०७६, बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बागलुङको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि बूर्तिवाङ पठाइएको छ ।

प्रहरीका अनुसार जीपमा १८ यात्रु सवार रहेका र एक जना बेपत्ता भएको बताइएको छ । चालकको समेत मृत्यु भइसकेका कारण घटना अनुसन्धानका लागि कठिनाई भएको छ । क्षमता भन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जीप सडकबाट ५०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ५१ बजे