३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागलुङ जीप दुर्घटनाका १० जनाको पहिचान


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७ मंसिर ०७६तम्घास। गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज मंगलबार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् ।

ज्यान गुमाउनेहरू  :

 १  इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा,

 २ इस्मा गाउँपालिका–५ का ४० वर्षीया बसुन्धरा कार्की,

इस्मा गाउँपालिका–५ का ढाडुङा बस्ने माया थापाको

  नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की,

बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री

इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की

 ७  इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की

   इस्मा गाउँपालिका–४  का  २५ वर्षीय मीना बस्नेत

१० इस्मा गाउँपालिका–४  का  ६५ वर्षीय धनबहादुर कार्की

घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं लैजाने तयारी गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । अहिले बेपत्ताको खोजी र थप उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ५८ बजे