१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालले जित्यो ३६ स्वर्ण,भारत पहिलो नेपाल दोश्रो


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

१९ मंसिर ०७६, काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले विहीबार साँझसम्म ३६ स्वर्ण जितेको छ । विभिन्न खेलमा नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक जितेको हो ।
भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । नेपाल भने अ.कको आधारमा दोश्रो छ । यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

हेर्नुस् साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
भारत ५८ ४१ १९ ११८
नेपाल ३६ २६ ३४ ९६
श्रीलङ्का १६ ३१ ५२ ९९
पाकिस्तान १२ २१ २२ ५५
बङ्गलादेश ४ १० ४० ५४
माल्दिभ्स १ ० २ ३
भुटान ० ० ६ ६

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।