२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचनमा सेना परिचालन गरिदै



काठमाडौँ
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका छन् ।

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।