१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिवि दीक्षान्त व्यवस्थित नभए बहिष्कार गरिने



२७ मंसिर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्।

बिहिबार बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि उनले यस्तो चेतावनी दिएका हुन्।

उनले गत वर्षको त्रिवि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले सास्ती खेप्न बाध्य भएको बताए। उनले दीक्षान्त समारोहको मोडल परिवर्तन गर्नुपर्ने माग गरे।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।