२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको कुमारीपाटीमा मध्यराती आगलागी, ३० लाखको क्षति



ललितपुर
ललितपुरको कुमारीपाटीस्थित एक थेरापी सेन्टरमा मध्यराती आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ कुमारीपाटीस्थित काठमाडौं बानियाटार घर भएका ५० वर्षीय चुडामणी केसीको थेरापी सेन्टरमा करेन्ट सर्ट भएर गए राति आगलागी भएको हो । आगलागीपछि थेरापी मेशिन, कपडाहरू, फलामको कुर्सी, टेबल, कार्पेट, बेड लगायतका सामानहरू जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी स्थानीय बासिन्दा, प्रहरी र उपत्यकाका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।