२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की



काठमाडौँ
नेपाल पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की निर्विरोध निर्वाचित भएकी छिन् ।

समाजको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कार्कीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का, सहसचिवमा प्रशन्न ढुङ्गाना र कोषाध्यक्षमा हिमा विश्वकर्मा चयन भएकी निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिएका छन् ।

यसैगरी समाजको सदस्यमा विष्णु रैगाईं, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने र पवन तिमिल्सिना चयन भएका छन् ।

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।