२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफूलाई पार्टीबाट निष्कासन गर्ने निर्णयको विरोध गर्न भीम रावलको आह्वान



११ पुस । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफूलाई पार्टीबाट निकाल्ने अध्यक्ष केपी शर्मा ओलीको तानाशाही निर्णयको पार्टी कार्यकर्ता र जनसमुदायले विरोध गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले सत्ताको उन्मादमा केपी ओलीले आफूलाई तानाशाही शैलीमा पार्टीको साधारण सदस्यबाट हटाएको आरोप लगाउँदै आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’

बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई एमालेको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।