१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घरमा आगो तापिरहेको समयमा गैँडाको आक्रमण, दुई महिला घाइते



चितवन
घरमा आगो तापिरहेको अवस्थामा गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन् ।
पूर्वी चितवनमा गँैडाको आक्रमणमा परी दुईजना घाइते भएका हुन् । प्रहरीका अनुसार खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।
घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।