१७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एमपक्स संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन्। उनले रोगको संक्रमण फैलन नदिन हरेक सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिए।
हाल स्वास्थ्य मन्त्रालयले विमानस्थल हुँदै स्वदेश फर्कने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी प्रदान गर्दै आएको छ। मन्त्री पौडेलले एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरी थप जोखिम नियन्त्रणका लागि मन्त्रालयको पूर्ण प्रतिबद्धता जनाए।
हालसम्म साउदी अरेबियाबाट आएका दुई नागरिकमा एमपक्स संक्रमण पुष्टि भएको छ। एक जना बिरामी उपचारपछि घर फर्किएका छन्। अर्का बिरामीको टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयले विमानस्थलमा संकास्पद बिरामीको सम्पर्क ट्रेसिङ गरिरहेको छ। साथै, हेल्थ डेस्कमार्फत फर्कने यात्रुहरूलाई एमपक्सबारे सचेतना फैलाइरहेको छ।
मन्त्री पौडेलले नेपाली दूतावासमार्फत विदेशमा रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्ने प्रतिबद्धता जनाए। साथै, नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले समन्वयमा काम गरिरहेको जानकारी दिए।
प्रमुख कदमहरू
हेल्थ डेस्कमार्फत निगरानी र सचेतना।
संक्रमित बिरामीहरूको उपचार व्यवस्थापन।
सम्पर्क ट्रेसिङ अभियान।
अन्तर्राष्ट्रिय समन्वय मार्फत सचेतना फैलाउने योजना।








प्रतिक्रिया