१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महायज्ञबाट जुट्यो चार करोड ३९ लाख



रामपुर (पाल्पा)

रामपुर स्थित शहीद बहुमुखी क्याम्पसमा सङ्काय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख सङ्कलन भएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईका अनुसार रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले रु एक करोड मूल्य पर्ने जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने एक हजार ३२ मुरी धान पनि सङ्कलन भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ ।
समुदायस्तरबाट सञ्चालित यो क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।