१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।

गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे !’, ‘नो केबलकार’, ‘हजारौँ प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सिडिओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।