झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ । गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो ।उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया