१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोटरसाइकल डिभाइडरमा ठोक्किँदा चालक त्रिशूलीमा खसेर बेपत्ता, खोजीकार्य जारी



काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोमा मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो ।

घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर-३ का २७ वर्षीय रोहित राना नाम रहेको ब्लु बुक फेला परेको छ ।

चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।