११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी प्रदर्शनकारीको आक्रमणमा घाइते



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोक ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् । युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकालमाथि गएराति बेरुतनजिकै आक्रमण भएको थियो ।

सेनाका अनुसार उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको थियो । त्यसक्रममा ढकाल घाइते भएका हुन् । घाइते ढकाललाई तत्कालै यूएन लेवल थ्री अस्पताल पुर्‍याइएको थियो ।

उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ । युनिफिल मिसन नेपाली सेनाको सबैभन्दा पुराको शान्ति मिसन हो । घटनाको संयुक्त राष्ट्रसंघले भर्त्सना गरेको छ । घटनाका विषयमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।