१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिपरमा मोटरसाइकल ठोक्किँयो, युवकको मृत्यु



मध्यविन्दु (नवलपरासी)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगाउन भने सकिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।