१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरकी सासंद तोसिमाद्वारा सेनेटरी प्याडको कच्चा पदार्थमा लगाइएको करको विरोध



ललितपुर
ललितपुरबाट संघीय सासंदमा प्रतिनिधित्व गरिरहेकी सासंद डा. तोसिमा कार्कीले सरकारले आयातीत तयारी स्यासेनेटरी प्याडमा भन्दा कच्चा पर्दाथमा धेरै कर लगाएर नेपाली व्यावसायीहरुलाई निरुत्साहित गरेको भन्दै विरोध गरेकी छिन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोन्दै सासंद कार्कीले नेपालमा बर्सौनी ३ करोड थान सेनेटरी प्याड आवश्यक पर्ने तर तर स्वदेशीमा ९० लाख थान मात्रै उत्पादन हुने गरेको बताइन् ।
सेनेटरी प्याडको आयातमाभन्दा कच्चा पदार्थको आयातमा बदी कर लागिएका कारण पर्याप्त उत्पादन नभएको र आर्यतित प्याडमा दिइएको भन्सार छुट पनि लक्षित उपभोक्ताले उपभोग गर्न नपाएको सासंद कार्कीले गुनासो गरिन् । उनले
दाबी गरिन्, ‘भन्सार छुट गरिएको सेनेटरी प्याड बिचौलियाको खल्तीमा पुगेको छ र यसको नियमन नहुनु नै छुट निस्वार्थ प्रेरित थियो भन्ने शंंका उब्जेको छ । ’
उनले सेनेटरी प्याडको कच्चा पदार्थमा लिदै गरेको भन्सार शुल्क घटाउन माग गरेकी छिन् ।
उत्पादित प्याडहरु सुलभ, र गुणस्तरीय र विदेशी उत्पादन संग प्रतिस्पर्धा गर्न सक्ने बनाउन उनले माग गरेकी छिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।