१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपाल साहित्य मन्दिरलाई रु एक लाख सहयोग


८ पुस २०७६, मंगलबार  

0
Shares


८ पुस ०७६, ललितपुर । भक्तपुरमा नेपाल भाषाको साहित्यको विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल साहित्य मन्दिरलाई रु एक लाख १११ सहयोग प्रदान गरिएको छ ।
भक्तपुरको दूधपाटीमा सञ्चालित ‘दि टिसा इन’ ले होटल व्यवसायबाट आर्जन गरेको मुनाफाको १० प्रतिशत रकम नेपाल भाषा साहित्य तथा नेपाली साहित्यको संरक्षण संर्वद्धनका लागि प्रदान गर्ने घोषणाअनुसार आज उक्त रकम प्रदान गरिएको टिसा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो । भक्तपुरमा नै हालसम्म जीवित रहेको भक्तपुरको सबैभन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरलाई जीवन्त राख्न उक्त सहयोग गरिएको उहाँको भनाइ थियो ।

कायस्थले नेपाल साहित्य मन्दिरका कोषाध्यक्ष शान्ता याँचालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थले सहयोग प्रति खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।