१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सेन्टर प्लाजामा आगलागीः सेनाको हेलिकप्टरमार्फत १६ जनाको उद्धार



काठमाडौं । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ११ पुरुष र ५ महिला रहेका छन् ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेबाट आगलागी भएको थियो । आगलागी भएको तलाभन्दा माथिल्लो तलामा केही व्यक्ति फसेपछि उद्धार गरिएको थियो । आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासी खटिएका छन् ।

सशस्त्र प्रहरीको १०५ जनाको टोली, नेपाली सेना र नेपाल प्रहरीका उद्धारकर्तासहित ६ वटा दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ । प्लाजाभित्र अझै ३ जना फसेको आशंका गरिएको छ । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।