काठमाडौं । भूमिसम्बन्धी अध्यादेशबाट सरकार पछि हटेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अघि नबढाउने निष्कर्षसहित नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको जसपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए ।
राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपाल भूमि अध्यादेशको विपक्षमा उभिएपछि अध्यादेश अघि बढाउन सरकार अप्ठ्यारोमा परेको थियो ।
सरकारले २९ पुसमा भूमिसम्बन्धी अध्यादेशसहित पाँचवटा अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले अन्य चार अध्यादेश त्यही दिन जारी गरे पनि भूमिसम्बन्धी अध्यादेश भने दुई दिन रोकेका थिए । राष्ट्रपति पौडेलले २ माघमा मात्रै भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।








प्रतिक्रिया