१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्। सरकारले बर्खास्त गरेपछि बुधबार पुनः पदबहालीको माग गर्दै उनी सर्वोच्च अदालत गएका हुन्।

घिसिङले आफ्नो कानुन व्यवसायीमार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। ढिलो गरी रिट पेश हुन आएकाले बुधबार हेर्न नभ्याइएको उनले जारी दिए।

उनले भने, ‘आज ५ बजेतिर मात्रै रिट पेश हुन आयो। ढिलो आएकाले अध्ययन गर्न भ्याइनौँ। भोलि अध्ययन गरेर आवश्यक निर्णय गर्छौ।’ घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युन् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।