१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार गणेश बस्नेतलाई ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ अर्पण गरिने



काठमाडौँ
‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गणेश बस्नेतलाई प्रदान गरिने भएको छ ।
रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको हो ।
क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनोट समितिको बसेको बैठकले सो निर्णय गरेको हो । क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार क्लबको यही चैत १७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने २७औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिनेछ ।
पुरस्कारको राशि नगद रु एक लाख रहेको छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका बस्नेतले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसकेका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारिताको सुरुआत गरेका हुन् । बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका छन् ।
पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टिभीको समाचार प्रमुखका रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।