१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा छाती पिट्दै लिङदेनले भने: म राजावादी हुँ, कारबाही गरेर देखाउँ



काठमाडौं । प्रतिनिधि सभाको आईतबारको बैठकमा पत्तापक्ष र प्रतिपक्षी दलबीच चर्काचर्की भएको छ ।

विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण माग गर्दै आइतबारपनि प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सांसदहरु आरोपप्रत्यारोपमा उत्रिएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपासहित दलले बैठकको सुरुवातमै उठेर सरकारको जवाफ मागेपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेको बारम्बारको आग्रहपछि पनि प्रतिपक्षी सांसदहरुले अवरोध कायम राखेपछि नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सदन सञ्चालन हुनु पर्ने माग गर्दै आवाज उठाएका थिए । सो पछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच करिब १५ मिनेट चर्काचर्की चलेको थियो ।

चर्काचर्कीका बीच एक सांसदले जस्ले राजावादी हुँ भन्छ ऊ गणतन्त्र विरोधी भएकाले कारबाहीको माग गरे । लगत्तै अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका सांसदहरुले छाती पिट्दै आफूहरु राजवादी भएकाले कारबाही गरेर देखाउन चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।