१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मकवानपुरको भीमफेदीका पाख्रिनको वनमा लागेको डढेलोमा जलेपछि निधन



बागमती
मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर आज एक जनाका निधन भएको छ । निधन हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर नजिकै रहेको बोकेदह सामुदायिक लागेको डढेलो गाईगोठमा आयो कि भनेर श्रीमती र दाजुसहित गएराति उनी बारीमा गएका थिए । बारी छेउको भिरबाट लडेर पाख्रिन बेपत्ता भएको र खोजतलाश गर्ने क्रममा आज भोर्लाको लहरामा अड्किएको र डढेलोमा जलेर निधन भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।