१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुने प्रदर्शनमा १३४ जना घाइते, ३९ सवारी साधनमा तोडफोड : गृह मन्त्रालय



काठमाडौं । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा १३४ जना घाइते भएको जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् ।

मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको जानकारी दिए । उनीहरूले १२ स्थानमा आगजनी गरेको उनको भनाइ छ । दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड प्रदर्शनकारीले गरेको तथ्याङ्क मन्त्री लेखकले समिति बैठकमा प्रस्तुत गरे । घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।