वीरगन्ज
हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको थियो ।
झडपपछि प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको छ भने प्रर्दशनकारीले तोडफोड र आगजनी गरेका छन् ।
भीडले दर्जनभन्दा धेरै मोटरसाइकलमा आगजनी गरेको र झडपका कारण कम्तीमा ८ जना घाइते भएका छन् । प्रर्दशनकारीले सडकमा टायर बालेर प्रर्दशन गरेका हुन् ।
अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अहिले ६ ३० बजेदेखि भोलि आइतबार विहान १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु भेडियाही चोक, पश्चिममा वीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज–१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज–१६ को शंकराचार्य चोकसम्म लाग” गरिएको छ ।







प्रतिक्रिया