१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने



काठमाडौं । प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक अन्य सबै दिन सञ्चालन हुने भएको छ।

संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए।

बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ। पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको उनको भनाइ थियो। सोही अनुसारको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सहमति पनि बैठकमा भएको छ।

‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ। उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।