१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसद्‍मा जवाफ दिने भएका छन् । मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारसँग जवाफ माग गर्दै अवरोध गर्न खोजेका थिए। सभामुखले रुलिङ गर्नुपर्ने सांसदहरूलेको माग थियो।

त्यसक्रममा आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिने सभामुख घिमिरेले जानकारी गराए । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।