३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बस दुर्घटना हुँदा आठ जना घाइते



इनरुवा (सुनसरी)
कोशी गाउँपालिका–७ हरिपुरमा बस दुर्घटना हँुदा आज आठ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गाईघाटबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख९९३६ नंको बस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार २० जनामध्ये आठ जना घाइते भएकोर अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कोशी–८ का महमद सहिलका पाँच वर्षीय छोरा वानेस मियाँ, २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम राम, इनरुवा–९ का ४५ वर्षीय गुलाबचन्द्र मेहता, बराहक्षेत्र–११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी–८ का हुसिय मन्सुरीका छोरा रहन मन्सुरी, १७ महिनाकी छोरी रोना खातुन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।
घाइतेहरूको स्थानीय अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।