काठमाडौँ
सगरमाथा आरोहणका क्रममा एक जनाको निधन भएको छ ।
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको निधन भएको हो ।
पर्यटन विभागका अनुसार उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।
फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा निधन भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।







प्रतिक्रिया