१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कमल थापाको प्रस्ताव, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं’



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०-२१ वर्षको हुनुभयो ।’उनले यदि वृद्ध राजा चाहिए त्यसमा ज्ञानेन्द्र शाह पनि राजा बन्‍न तयार हुनुपर्ने बताए । उनले भने, ‘अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।