१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगलागीमा फसेकी महिला ढोका फोरेर उद्धार, उपचारको क्रममा निधन



लमजुङ
सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको निधन भएको हो ।
आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बस्नु भएको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए ।
जलेर गम्भीर घाइते हुनुभएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।