१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अवरोध हटाउन सभामुखले बोलाए बैठक



काठमाडौं
सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतक तथा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सम्भामुखको सचिवालयका अनुसार सभामुखले बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतक तथा मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।