१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायमै राखेको छ ।

अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि राजीनामा नदिएसम्म संसद् चल्न नदिने यस अघिको निर्णय कायमै रहेको जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बजेटमाथिको छलफल अगाडि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

उनले ‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्न दिएपनि अब बजेटमाथिको छलफल अगाडि बढाउन पहिले गृहमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारे ।

सापकोटाले गृमन्त्री राजीनामा नआएसम्म संसद्का कुनै पनि गतिविधि अगाडि बढाउन नदिने निर्णयलाई खुमलटार बैठकले निरन्तरता दिएको जानकारी दिए ।

उनले भने, ‘हामीले यो विषय उठाइसकेका छौं । अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।