१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अवैध रुपमा अमेरिका बस्दै आएका ३७ नेपाली निष्काशित, नेपाल आइपुगे



काठमाडौं
अवैधरुपमा अमेरिकामा बस्दै आएका ३७ जना नेपाली नागरिक निष्काशित भएका छन् ।

उनीहरुलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।

अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् । यस अघि अमेरिकाले स सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।

ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट यसअघि करिब १ सय ४० नेपाली डिपोर्ट भएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।