९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा



काठमाडौ
तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईँसहित सात जनालाई जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।