२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको राजनीतिमा पुन: जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा(पूर्णपाठ)



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी छन्। दिवंगत नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरणको जानकारी दिँदै एमालेमै रहेर राजनीतिक यात्रा निरन्तरता दिने बताइन्।

सभामा बोल्दै भण्डारीले भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु।”

उनले थप भनिन्, “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।”

पूर्वराष्ट्रपति भण्डारीले आफूले कुनै ठूलो महत्वाकांक्षा नराखेको स्पष्ट पार्दै, पार्टी र देशको सेवा गर्न चाहेको बताइन्। उनले मदन भण्डारीको विचार, आदर्श र सिद्धान्तप्रति समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनको यो घोषणाले एमालेभित्र नयाँ राजनीतिक ऊर्जा थपिएको विश्लेषण गरिएको छ। राष्ट्रपति पदमा रही निष्क्रिय देखिएकी भण्डारीको पुनः सक्रियताले पार्टी नेतृत्व तहमा नै नयाँ बहस सुरु भएको छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।