१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारी वर्षाको सम्भावना, प्रधानमन्त्री ओलीले गराए सर्तक



काठमाडौँ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भारी बर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको र विपद् व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि सम्बन्धित ठाउँमा आह्वान गरेकोले बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ुफाइनान्सिङ फर डेभलपमेन्टु चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत अत्यावश्यक बाहेक यात्रा नगर्न, नदी किनार, पहाडी क्षेत्रका बासिन्दाले विशेष सतर्कतारहन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले अती भारीका भएको खण्डमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकसँग समन्वयमा रहन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।