२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक महिनाकाे अवधिमा मनसुनजन्य विपदबाट ३१ जनाको मृत्यु र २६ करोडको क्षति



काठमाडौं । नेपालमा हालैको एक महिनाको अवधिमा मनसुनसँग सम्बन्धित ६७४ विपद्‌का घटनाहरू भएका छन्। गत जेठ १५ गतेदेखि असार १६ गतेसम्मका घटनाहरूमा ३१ जनाको ज्यान गएको छ भने ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुगेको छ। ती घटनाबाट एकवटा पुल, सातवटा गोठ र १४ चौपाया नष्ट भएका छन्। पहिरोबाट मात्रै करिब २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीका ६४ घटनामा चार जनाको मृत्यु र चार जना घाइते भएका छन्। बाढीले १२३ परिवारलाई प्रत्यक्ष असर पारेको छ भने चारवटा घरमा क्षति पुगेको छ। त्यसैगरी, चट्याङका ८२ घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। हुरीका ४५ घटनाले पनि एक जनाको ज्यान लिएको छ र तीन जना घाइते भएका छन्।

कुल आर्थिक क्षति २६ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणले आगामी दिनमा अझै जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। मनसुन सक्रिय भइरहेकाले पहिरो, बाढी, चट्याङ र हुरीबाट सतर्क रहन विज्ञहरूले पनि सुझाव दिएका छन्।

 

 

 

 

Ask ChatGPT

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।